English
  • नेपाल सरकार
  • नेपाल कृषि अनुसन्धान परिषद्
  • राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र
  • खुमलटार, ललितपुर
  • "सबल कृषि अनुसन्धानः खाद्य सुरक्षा र समृद्धिका लागि वरदान"
Notices Email us Our location Call
परिचय

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको स्थापना सन् १९८८ (वि.स. २०४५ साल) मा नेपालको कृषि अनुसन्धान गर्ने निकाय राष्ट्रिय कृषि अनुसन्धान तथा सेवा केन्द्र अन्तर्गत भएको थियो । संरचनागत सुधारको क्रममा कृषि अनुसन्धान परिषद् ऐन २०४८ अनुसार राष्ट्रको कृषि अनुसन्धान गर्ने स्वायत्त संस्था नेपाल कृषि अनुसन्धान परिषद्को स्थापना भए पश्चात् तत्कालिन समयमा संचार, प्रकाशन तथा अभिलेख महाशाखा, वि.संं. २०७७  श्रावण १ गते देखि राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र नामाकरण हुन गएको हो । आधुनिक सूचना प्रविधिको युगमा यस केन्द्रले सधै कृषि प्रविधिलाई महत्व दिई कृषि अनुसन्धानका नतिजाबाट प्राप्त ज्ञान र सिप हस्तान्तरणमा अग्रणी भूमिका खेल्दै आइरहेको छ ।

कृषि अनुसन्धानबाट विकसित तथा परिष्कृत कृषि प्रविधिहरुको प्रकाशन, श्रव्यदृश्य उत्पादन तथा प्रसारण र अभिलेखीकरणको मुख्य जिम्मेवारी रहेको यस केन्द्रले प्रविधि प्रसारको लागि परिषद् र कृषि क्षेत्रका आम सरोकारवाला कृषक, कृषि प्रसार तथा संचार माध्यमबीच सेतुको कार्य गर्दै आइरहेको छ । विभिन्न बाली/वस्तु अनुसन्धान कार्यक्रम/केन्द्रहरुबाट प्रकाशित सफल प्रविधिहरुलाई विभिन्न संचारका माध्यमहरु मार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ/संस्थाबाट प्रकाशित प्रकाशनहरु संकलन तथा कृषि क्षेत्रकै मुख्य स्रोत केन्द्रका रुपमा विकास गरी सूचना प्रविधि मार्फत सरोकारवालाहरुलाई यस केन्द्रबाट सेवा उपलब्ध गराउँदै आएको छ ।