राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको स्थापना सन् १९८८ (वि.स. २०४५ साल) मा नेपालको कृषि अनुसन्धान गर्ने निकाय राष्ट्रिय कृषि अनुसन्धान तथा सेवा केन्द्र अन्तर्गत भएको थियो । संरचनागत सुधारको क्रममा कृषि अनुसन्धान परिषद् ऐन २०४८ अनुसार राष्ट्रको कृषि अनुसन्धान गर्ने स्वायत्त संस्था नेपाल कृषि अनुसन्धान परिषद्को स्थापना भए पश्चात् तत्कालिन समयमा संचार, प्रकाशन तथा अभिलेख महाशाखा, वि.संं. २०७७ श्रावण १ गते देखि राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र नामाकरण हुन गएको हो । आधुनिक सूचना प्रविधिको युगमा यस केन्द्रले सधै कृषि प्रविधिलाई महत्व दिई कृषि अनुसन्धानका नतिजाबाट प्राप्त ज्ञान र सिप हस्तान्तरणमा अग्रणी भूमिका खेल्दै आइरहेको छ ।